आइतबार, बैशाख १६ २०८१

आईपीएलको १७औँ संस्करण आजदेखि, चेन्नई र बैंगलुरुबीच पहिलो प्रतिस्पर्धा

आईपीएलको १७औँ संस्करण आजदेखि, चेन्नई र बैंगलुरुबीच पहिलो प्रतिस्पर्धा


  • सक्रियखबर
  • शुक्रबार, चैत्र ९ २०८०

  • इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेल आज हुँदैछ ।

    आईपीएल २०२४ अन्तर्गत हुने पहिलो खेलमा पाँचपटकको च्याम्पियन चेन्नइ सुपर किङ्सलाई हालसम्मको उपाधिविहीन रोयल च्यालेन्जर्स बैंगलरुले चुनौती दिँदैछ ।

    सीएसकेले आईपीएल २०२४ सुरु हुनु एक दिनअघि आफ्नो कप्तान परिवर्तन गरेको छ । सीएसकेले महेन्द्रसिंह धोनीले टिमको कमान ऋतुराज गायकवाडलाई सुम्पिएको जानकारी गराएको छ । ऋतुराजको कमानमा रहेको सीएसकेले आज फाफ डुप्लेसीको कमानमा रहेको आरसीबीको चुनौती सामना गर्दैछ ।

    नेपाली समयअनुसार आज राति सवा ८ बजे चेन्नइको एमए चिदम्बरम स्टेडियममा सुरु हुने खेलमा कप्तान भलै डुप्लेसी र गायकवाड हुनेछन् तर, त्यसभन्दा बढी चर्चा भने महेन्द्रसिंह धोनी र विराट कोहलीको भइरहेको छ ।

    हेड टु हेडका आधारमा सीएसके अगाडि देखिन्छ । सीएसके र आरसीबीले आईपीएलमा हालसम्म ३१ म्याच खेलेका छन् । त्यसमध्ये २० खेलमा सीएसके विजयी हुँदा आरसीबीले १० खेलमा जित निकालेको छ ।

    सन् २०२३ को आईपीएलमा यी दुई टिम आमनेसामने हुँदा सीएसके ८ विकेटले विजयी भएको थियो । तर, आरसीबी आईपीएलमा सशक्त ब्याटिङ लाइन भएको टोली मानिन्छ । उसँग कोहलीका अलावा ग्लेन म्याक्सवेल तथा डुप्लेसीजस्ता स्टार ब्याटर छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार