बिहिबार, बैशाख २० २०८१

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने


  • सक्रियखबर
  • शुक्रबार, बैशाख ७ २०८१

  • नेपाली कांग्रेसले सर्वोच्चमा विचाराधीन मुख्यमन्त्रीको नियुक्तिबारे अन्तिम निर्णय नहुँदासम्म संसद बैठक बहिष्कार गर्ने निर्णय गरेको छ ।

    कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले संसदमा सहभागिता नरहने निर्णय गरेको हो । कांग्रेसले सभामुख कृष्णप्रसाद धिताललाई यसबारे पत्र लेखेर जानकारी गराएको छ । कांग्रेसले अधिवेशन आह्वान असंवैधानिक भएको भन्दै बैठक नगर्न सभामुखलाई आग्रह गरेको छ ।

    गत २५ चैतमा मुख्यमन्त्री नियुक्त भएका एमाले दल नेता अधिकारीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका थिए । उनी एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र एक जना स्वतन्त्र सांसदको समर्थनमा बहुमत संख्या ३१ पुर्‍याएर मुख्यमन्त्री बनेका थिए । विश्वासको मत लिँदा पनि सभामुखको प्रयोग गर्दा झनै प्रश्न उठ्ने भएपछि मुख्यमन्त्री अधिकारी पछि हटेका हुन् ।

    आजको बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार