मंगलबार, जेष्ठ १ २०८१

तेस्रो लगानी सम्मेलन सुरु

तेस्रो लगानी सम्मेलन सुरु


  • सक्रियखबर
  • आइतबार, बैशाख १६ २०८१

  • तेस्रो लगानी सम्मेलन सुरु भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेसँगै काठमाडैंमा लगानी सम्मेलन सुरु भएको हो ।

    एक हजारभन्दा बढी विदेशी लगानीकर्ता सहभागी भएको उक्त सम्मेलनमा ११३ वक्ताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न प्यानलमा छलफल हुनेछ । सम्मेलनका लागि ९ खर्ब रुपैयाँबराबरका १५१ परियोजना प्रस्तुत गर्ने सरकारको तयारी छ ।

    मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ लगानी सम्मेलन आयोजना गरिएको हो ।

    लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन् भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिनेछ । सोमबार समापन हुने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र हुनेछन् ।

    दोस्रो दिन ११ वटा समानान्तर सत्र सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ । देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार