मंगलबार, जेष्ठ १ २०८१

वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने


  • सक्रियखबर
  • आइतबार, बैशाख १६ २०८१

  • नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

    दिउँसो सुरु हुने खेलमा दोस्रो जित निकाल्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रँदै छ ।

    नेपालले यो सिरिजलाई टी-२० विश्वकप तयारीका रूपमा लिएको छ । यो सिरिजपछि नेपाल टी-२० विश्वकप खेल्न अमेरिका प्रस्थान गर्नेछ ।

    यसअघि शनिबार भएको खेलमा नेपालले वेस्टइन्डिजलाई ४ बल बाँकी छँदै ४ विकेटले पराजित गरेको थियो । २०५ रनको लक्ष्य पाएको नेपालले ६ विकेटको क्षतिमा १९.४ ओभरमा जित हात पारेको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार