सोमबार, बैशाख ३१ २०८१

सफलतापूर्वक मनाइयो चित्रगुप्त अवतरण दिवस

सफलतापूर्वक मनाइयो चित्रगुप्त अवतरण दिवस


  • सक्रियखबर
  • बुधबार, बैशाख १२ २०८१

  • मिशन टुके अन्तराष्ट्रिय एवम कर्ण कायस्थ महिला समाजले बैशाख ११ गते सफलतापूवक चित्रगुप्त अवतरण दिवस मनाएको छ ।

    कार्यक्रममा राजनीतिज्ञ लक्ष्मण लाल कर्ण, ग्रीश चन्द्रलाल, कर्ण कायस्थ महिला समाजको कार्यवाहक अध्यक्ष पुनम दास लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

    चित्रगुप्त अवतरण दिवसको अवसर पारेर भारत सरकारका पूर्व आइपियस चित्रांश उदय सहायले रचना गर्नुभएको कायस्थ इन्साइक्लोपिडियाको विमोचन गरिएको थियो ।

    कार्यक्रममा कर्ण कायस्थ महिला समाजले मधेशी तथा कर्ण महिला समुदायको क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई पनि सम्मान गरेको छ ।

    यस कार्यक्रममा देव चन्द्र लाल कर्ण, डा.कुशलेन्दर श्रीवास्व, राकेश कर्ण, सरोज कुमार श्रीवास्व, उदय शंकर प्रसाद श्रीवास्व, सविता दास, रचना कर्ण, स्नेहा कर्ण, अन्जलि वर्मा, पुनम दास, कन्चन दत, भारती कर्ण, अननमिका कर्ण, विनिता भारती लगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको हाे ।

    चित्रगुप्त अवतरण दिवसको अवसरमा चित्रगुप्त भगवानको विशेष पूजा–अर्चना गरिएको थियो ।

    DSC_2374.jpg
    DSC_2252.jpg
    DSC_2267.jpg
    DSC_2285.jpg
    DSC_2277.jpg
    DSC_2305.jpg
    DSC_2387.jpg
    DSC_2437.jpg
    DSC_2453.jpg
    DSC_2267.jpg
    DSC_2387.jpg
    DSC_2254.jpg

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार