बुधबार, बैशाख १९ २०८१

सेमिफाइनलबाट बाहिरियो नेपाल, एसिया कप खेल्ने सम्भावना समाप्त

सेमिफाइनलबाट बाहिरियो नेपाल, एसिया कप खेल्ने सम्भावना समाप्त


  • सक्रियखबर
  • शुक्रबार, बैशाख ७ २०८१

  • एसीसी प्रिमियर कप टी२० प्रतियोगिताको सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएको छ ।

    ओमानको अल अमिरात मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर ११९ रन बनाएको थियो । १२० रनको लक्ष्य पाएको यूएईले ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दै नेपालको एसिया कप सपना तोड्यो ।

    ब्याटरले चुनौतीपूर्ण लक्ष्य दिन नसक्दा नेपाली बलरले १२० रनको लक्ष्य सुरक्षा गर्न सकेनन् । हारसँगै नेपाल एसीसी प्रिमियर कपबाट बाहिरिएको छ । उता यूएई फाइनलमा पुगेको छ । उपाधि जित्ने टिम एसिया कपमा छनोट हुनेछ ।

    यसअघि सुरुदेखि नै विकेट गुमाएको नेपालका लागि सन्दीप जोराले मात्र सकरात्मक ब्याटिङ गरे । उनले ५० रन बनाए । अर्धशतक पूरा गरेलगत्तै उनी पनि आउट भए । अन्तिममा गुल्सन झा र करण केसीले केही सम्हालेपछि नेपालले एक सय रन कटाएको हो । गुल्सनले २० रन बनाए भने केसीले १७ रनको योगदान दिए ।

    नेपालका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान रोहित पौडेल ५ रनमा आउट भए भने , ओपनरद्वाय कुशल भुर्तेल शून्य र आसिफ शेख ८ रनमा आउट भए ।  कुशल मल्लले ३ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ५ रन मात्र बनाए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार