आइतबार, बैशाख १६ २०८१

गण्डकीमा चौथोपटक मन्त्री बने दीपक मनाङे

गण्डकीमा चौथोपटक मन्त्री बने दीपक मनाङे


  • सक्रियखबर
  • सोमबार, चैत्र ५ २०८०

  • गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

    सोमबार मुख्यमन्त्री पाण्डेले स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) लाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

    मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका छन् । मनाङे चौथोपटक गण्डकीको मन्त्री बनेका हुन् । यसअघि आइतबार मात्रै मनाङेले आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए ।

    नवनियुक्त मन्त्री मनाङेको शपथ साढे ३ बजे प्रदेश प्रमुखको निवासमा हुने तय भएको छ । यसअघि उनी एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा दुईपटक र कांग्रेसका कृष्णचन्द्र नेपालीको सरकारमा एकपटक युवा तथा खेलकुदमन्त्री बनेका थिए । भौतिक पूर्वाधारमन्त्री माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली र समाजिक विकास मन्त्री सुशीला सिम्खडा थिइन् ।

    यस्तै, मुख्यमन्त्री पाण्डेले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्व जिसीलाई दिएका छन् । केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार