आइतबार, बैशाख १६ २०८१

राैतहटमा मनी ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार

राैतहटमा मनी ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार


  • सक्रियखबर
  • शुक्रबार, चैत्र २ २०८०

  • रौतहटको शिव मनी ट्रान्सफरमा पेस्तोलसहित आएका व्यक्तिहरूले रकम लुटपाट गरेका छन् ।

    परोहा नगरपालिका वडा नम्बर ९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेशकुमार साहमाथि शुक्रबार गोली प्रहार भएको हो । गोली प्रहारबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

    गाेली चलाएर लुटपाट गर्ने तीन जना पक्राउ परेका हुन् । उनीहरू तीनै जना भारतीय नागरिक हुन् । प्रहरीका अनुसार भारतकाे बिहार माेतिहारीका मुनिष यादव, राजकुमार पासवान र चन्द्रभान सिंहलाई गाउँलेहरूले पक्रेर प्रहरीलाई बुझाएका हुन् ।

    उनीहरूकाे साथबाट रकमसहितकाे झाेला पनि बरामद भएकाे छ । लुटेराकाे गाेली लागेर शिवम् मनी ट्रान्सफरका सञ्चालक नितेश शाह गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि वीरगञ्ज पठाइएकाे छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार