आइतबार, बैशाख १६ २०८१

भोजपुरबाट धरान हिँडेको बोलेरो जीप दुर्घटना, ६ जनाको मृत्यु

भोजपुरबाट धरान हिँडेको बोलेरो जीप दुर्घटना, ६ जनाको मृत्यु


  • सक्रियखबर
  • बिहिबार, चैत्र १ २०८०

  • भोजपुरको घोडेटारबाट यात्रु लिएर सुनसरीको धरान हिँडेको बोलेरो जीप उदयपुरको बेलका नगरपालिका-७ मा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

    कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार को. १ ज २५९३ नम्बरको उक्त बोलेरो जीप अग्लो भीरबाट खस्दा घटनास्थलमा नै ६ जनाको मृत्यु भएको हो ।

    घटनास्थलबाट प्रहरीले उद्धार गरेर ७ जनालाई उपचारका लागि धरानतर्फ पठाइएको खापुङले जानकारी दिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार