आइतबार, बैशाख १६ २०८१

प्रतितोला ८०० रुपैयाँ बढ्याे सुनकाे मुल्य

प्रतितोला ८०० रुपैयाँ बढ्याे सुनकाे मुल्य


  • सक्रियखबर
  • बिहिबार, चैत्र १ २०८०

  • आज सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँको वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज तोलामा ८०० रुपैयाँले बढेर कारोबारमा आएको हो ।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार २०० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार र १ लाख २४ हजार ४०० रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा १५ सय १५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम थियो । यो प्रतितोला ५० रुपैयाँको वृद्धि हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार