आइतबार, बैशाख १६ २०८१

त्रिकोणीय टी२०आई सिरिज : फाइनलमा पीएनजीसँग ८६ रनले पराजित भयाे नेपाल

त्रिकोणीय टी२०आई सिरिज : फाइनलमा पीएनजीसँग ८६ रनले पराजित भयाे नेपाल


  • सक्रियखबर
  • बुधबार, फाल्गुन ३० २०८०

  • हङकङमा बुधबार भएको फाइनलमा नेपाल पपुवा न्युगिनीसँग पराजित भएको छ ।

    १७२ रन बनाएको नेपाल मात्र ८५ रनमा अलआउट भयाे । खेलमा ८७ रनले पराजित भएसँगै त्रिकोणीय टी२०आई सिरिजको उपाधि जित्ने मौका पनि गुमायो ।

    नेपालका कुनै पनि ब्याटर पपुवा न्युगिनीको बलिङ आक्रमण अगाडि टिक्न सकेनन् । नेपालका लागि सन्दिप जोराले सर्वाधिक १७ रन बनाए भने आरिफ शेख १५ र कप्तान रोहित पौडेल १२ रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    त्यसअघि पपुवा न्युगिनीका लागि टोनी उराले ६१ रन बनाएपछि उसले बलियो लक्ष्य दिएको थियो । प्रतियोगितामा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो भने हङकङसँगको खेल वर्षाका कारण रद्द भएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार