सोमबार, बैशाख १७ २०८१

कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा पीएनजीविरुद्ध नेपालको सहज जित

कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा पीएनजीविरुद्ध नेपालको सहज जित


  • सक्रियखबर
  • मंगलबार, फाल्गुन २९ २०८०

  • हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पपुवा न्युगिनीविरुद्ध नेपालले ८५ रनको जित निकालेको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको छ । १९९ रनको विजय लक्ष्य पछ्याएको पीएनजी १६.२ ओभरमा ११३ रन बनाउँदै अलआउट भएको हो ।

    यो जितसँगै नेपालले फाइनलमा स्थान पक्का गरेको छ । नेपालले दुई खेलमा तीन अंक जोड्दै फाइनलमा पुगेको हो । नेपालसँग पराजित भएको पपुवा न्युगिनीले आजै केही समयपछि हङकङसँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेलमा विजयी हुने टोलीले नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

    नेपालको जितमा कुशल भुर्तेलले अलराउन्ड प्रदर्शन गरेका थिए । म्यान अफ दिन म्याच घोषित भएका भुर्तेलले ब्याटिङ गर्दै ५९ रनको अर्धशतकीय पारी खेलेका थिए भने बलिङतर्फ चार विकेट लिएका थिए । ३९ बलको सामना गर्दै ५९ रन जोडेका भुर्तेलले ४ ओभर बलिङ गर्दै १२ रन दिएर ४ विकेट लिएका हुन् ।

    ब्याटिङतर्फ भुर्तेलका साथसाथै सन्दीप जोराले पनि अर्धशतकीय पारी खेलेका थिए । जोराले २६ बलमा ५६ रन बनाएए । त्यस्तै २२ बल खेलेका विनोद भण्डारीले २७ रन बनाउँदा ४ बल खेलेर कप्तान रोहित पौडेल १ रन बनाउँदै आउट भए ।

    त्यस्तै आरिफ शेखले ७ बलको सामना गर्दा ४ रन बनाए भने ६ बल खेलेका लोकेश बम १४ रनमा रनआउट भए । १२ बल खेलेका गुल्सन झा १५ रनमा र ४ बल खेलेका विवेक यादव १९ रनमा अविजित रहे । नेपालले एक्स्ट्रा ३ रन पाएको थियो ।

    बलिङतर्फ भुर्तेलले चार विकेट लिँदा प्रतिस जिसीले ४ ओभर बलिङ गर्दै ४० रन दिएर २ विकेट लिए । त्यस्तै आकाश चन्द र गुल्सन झाले पनि एक/एक विकेट लिएपछि पीएनजी ११३ रनमा अलआउट भयो ।

    बलिङतर्फ पपुवा न्युगिनीका असद भालाले २ विकेट लिए भने नोसिना पोकना, जोन कारिको र नोरमान भानुवाले समान १/१ विकेट लिए ।

    त्यस्तै ब्याटिङतर्फ पीएनजीका टोनी उराले १३ रन जोडे भने सेसे बाउ १२ रन जोड्दै पेभेलियन फर्किए । त्यस्तै असद भालाले ९ रन जोड्दा हिरीहिरीले २८ रन बनाए । त्यस्तै लेगा सैकाले ५, कार्लेस अमिनीले ९, किप्लिन दोरिगाले ८ रन जोड्दा नोर्मान भानुआ खातै नखोली पेभेलियन फर्किए । त्यस्तै नोसैना पोकनाले १२ रन र जोन कारिकोले २ रन जोडेर आउट हुँदा ज्याक गार्डनर शून्य रनमा नटआउट रहे । पीएनजीले एक्स्ट्रा ६ रन पाएको थियो ।

    त्रिकोणात्मक सिरिजमा नेपाल, हङकङ र पीएनजीबीच खेल भइरहेको छ । जसअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्ध भएको थियो । उक्त खेलमा नेपाल र हङकङले अंक बाँडेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार