आइतबार, बैशाख १६ २०८१

गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त

गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त


  • सक्रियखबर
  • मंगलबार, फाल्गुन २२ २०८०

  • गण्डकी प्रदेशका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले माओवादी केन्द्रबाट सरकारमा रहेका दुई जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

    केन्द्रमा माओवादीले कांग्रेसका मन्त्री बर्खास्त गरेर नयाँ गठबन्धन बनाएपछि पाण्डेले दुई मन्त्रीलाई मंगलबार बर्खास्त गरेका हुन् ।

    पाण्डेले सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् । दुवै मन्त्रालय मुख्यमन्त्रीले आफैँसँग राखेका छन् ।

    सात सदस्यीय गण्डकीको मन्त्रीमण्डलमा मुख्यमन्त्रीसहित पाँच जना कांग्रेसका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार