आइतबार, बैशाख १६ २०८१

तेस्रोपटक सर्किट ब्रेक लाग्दा ११७ अंकले बढ्यो नेप्से

तेस्रोपटक सर्किट ब्रेक लाग्दा ११७ अंकले बढ्यो नेप्से


  • सक्रियखबर
  • सोमबार, फाल्गुन २१ २०८०

  • नयाँ सत्ता समीकरणलाई शेयरबजार परिसूचक नेप्सेले ग्रीन सिग्नल दिएको छ ।

    कांग्रेस र माओवादी केन्द्रको सत्ता समीकरण टुटेर एमाले र माओवादी केन्द्रको नयाँ सत्ता समीकरण बनेसँगै शेयरबजारमा हरियाली छाएको हो ।

    नयाँ सत्ता गठबन्धन बन्ने निश्चित भएसँगै खुलेको बजारमा लगालग तीनपटक सर्किट ब्रेक भएको छ । शेयरबजार खुल्नासाथ बजार बढेपछि आज पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि दोस्रोपटक बजार खुल्दा पनि पुनः सर्किट ब्रेक लागेको थियो । त्यस्तै, तेस्रोपटक पनि सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार बन्द भएको हो ।

    कारोबार खुलेको पहिलो ३ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि सर्किङ ब्रेक लागेको थियो । त्यसपछि बजार खुल्नासाथ पुनः सर्किट ब्रेक लागेको बजारमा तेस्रोपटक पनि सर्किट ब्रेकपछि बजार बन्द भएको हो ।

    बन्द हुनुअघि आज बजार तेहेरो अंकले बढेको छ । आज ११७.७० अंकले बजार बढ्दा ६ प्रतिशत वृद्धि भएको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार