सोमबार, बैशाख १७ २०८१

माछापुच्छ्रे बैंकको असफल डिजिटल कारोबार मोबाइल एपबाटै रिपोट गर्न सकिने

माछापुच्छ्रे बैंकको असफल डिजिटल कारोबार मोबाइल एपबाटै रिपोट गर्न सकिने


  • सक्रियखबर
  • आइतबार, फाल्गुन २० २०८०

  • प्रविधिको समयसापेक्ष प्रयोग गरी आफूलाई स्मार्ट बैंकको रूपमा परिचित गराएको माछापुच्छ्रे बैंकले पछिल्लोपटक अर्को नयाँ सुविधा आफ्ना ग्राहकहरूका लागि ल्याएको छ ।

    डिजिटल कारोबार गर्दा असफल भयो भने तुरुन्तै, बैंकसम्म नआईकनै जहाँकहीँ बसेर बैंकमा जानकारी गराई उक्त असफल कारोबारको रकम खातामा फिर्ता ल्याउने सुविधा बैंकले ल्याएको हो ।

    उक्त सेवाअन्तर्गत ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारका बारेमा रिपोर्ट गर्न सक्नेछन् । साथै बैंकले वेबसाइटमार्फत पनि त्यस्ता असफल कारोबारबारे बैंकमा रिपोर्ट गर्न मिल्ने बताएको छ ।

    यसरी ग्राहकको रिपोर्ट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रक्रिया अगाडि बढाउने र असफल भएको प्रमाणका आधारमा ग्राहकको खातामा सम्बन्धित रकम आफैँ फिर्ता गर्नेछ ।

    यस सुविधाअन्तर्गत असफल भएको कारोबारलाई रिपोर्ट गरी सो रिपोर्टको प्रोग्रेससमेत कुन चरणमा पुगेको छ भन्ने कुराको अपडेट हेर्न सकिन्छ । साथै असफल कारोबारको समस्या समाधानपश्चात् रकम खातामा फिर्ता भएकोे जानकारी म्यासेज र इमेलबाट ग्राहकलाई गराइन्छ ।

    हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ यस बैंकले देशका सातवटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, ११९ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १६ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार