आइतबार, बैशाख १६ २०८१

गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु


  • सक्रियखबर
  • आइतबार, फाल्गुन २० २०८०

  • मोटरसाइकल दुर्घटनामा सिरानचोक गाउँपालिका–६ नयाँसाँघुका २७ वर्षीय मिलन थापा मगरको मृत्यु भएको छ ।

    शनिबार राति बाह्रकिलो–बारपाक सडकखण्डअन्तर्गत भालुस्वाँरामा बा ९१ प ४५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार थापा घाइते भएका थिए । घाइते थापाको उपचारका क्रममा गोरखा अस्पतलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनापश्चात मोटरसाइकल चालक गोरखा नगरपालिका–३ का राजेश परियार भने फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शेखर खड्काले बताए ।

    मोटरसाइकल प्रहरी चौकी नयाँसाँघुको नियन्त्रणमा रहेको पनि उनले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार