आइतबार, बैशाख १६ २०८१

एकैदिन दुई हजार बढ्यो सुनको मूल्य

एकैदिन दुई हजार बढ्यो सुनको मूल्य


  • सक्रियखबर
  • आइतबार, फाल्गुन २० २०८०

  • नेपाली बजारमा सुनको मूल्य एकै दिन दुई हजार रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदीको मूल्य पनि बढेर कारोबार भएको छ । चाँदी तोलामा २० रुपैयाँ बढेको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ  ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार