आइतबार, बैशाख १६ २०८१

चिसो समयमा ओठ फुट्ने समस्या छ ? यसरी गर्नुहोस् समाधान

चिसो समयमा ओठ फुट्ने समस्या छ ? यसरी गर्नुहोस् समाधान


  • सक्रियखबर
  • बुधबार, माघ १७ २०८०

  • चिसो मौसम शुरु भएसँगै धेरै जनालाई ओठ फुट्ने समस्याले सताउने गर्छ । चिसोमा ओठ फुट्दा घाउ सानो देखिए पनि पीडा निकै हुने गर्छ ।

    जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर ओठ फुट्न सक्ने चिकित्सकहरू बताउँछन् ।

    ओठ फुटेपछि पोल्ने, बोल्न नमिल्ने, खाना खान गाह्रो हुने र ओठबाट रगत समेत बग्न थाल्छ ।

    यस कारण फुट्छ ओठ

    • चिसो तथा सुख्खा मौसम
    • हरियो सागसब्जी तथा फलफूल नखाँदा
    • पानीको मात्रा कम भएर
    • कम गुणस्तरको लिपबाम तथा लिपिस्टिक लगाउँदा
    • बारम्बार जिब्रोले ओठ चलाउँदा
    • जाँडरक्सी र चुरोट धेरै खाँदा

    यस्तो समस्याबाट कसरी छुटकारा पाउने त :

    • सबै भन्दा पहिला ओठ फुट्ने समस्या भएका व्यक्तिले ओठलाई बारम्बार जिब्रोले चलाउनु हुँदैन, यसो गर्दा ओठको छाला सुख्खा भइ फुट्ने गर्छ ।
    • बाहिर निस्किँदा चिल्लो पदार्थहरू जस्तै स् मह, घिउ, नरिवलको तेल, दूधको तर वा लिपबाम लगाउनु पर्छ यसो गरेमा ओठ फुट्ने सम्भावना कम हुन्छ ।
    • यो मौसममा धेरै धुमपान र मद्यपान गर्नाले पनि ओठ फुट्ने समस्या देखा पर्दछ त्यसैले यस्ता पदार्थबाट टाढा रहनु पर्ने चिकित्सकहरू बताउँछन् ।
    • ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नहुँदैन । यसो गर्दा घाउ भएर समस्या झन बढ्दै जान्छ ।
    • जाडोमा धेरैले पानी कम खाने गर्ने कारण पनि ओठ लगायत शरीरका छालाहरु फुट्ने गर्छन् त्यसैले प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
    • बाहिर बजारमा पाइने विभिन्न प्रकारका लिपिस्टिक ओठमा लगाउनु हुँदैन ।
    • यदि ओठ फुटेर घाउ नै भयो भने एन्टिबायोटिक क्रिम लगाउनुपर्छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार