आइतबार, बैशाख १६ २०८१

कोशीमा सभामुख चयनका लागि आजै निर्वाचन हुने

कोशीमा सभामुख चयनका लागि आजै निर्वाचन हुने


  • सक्रियखबर
  • मंगलबार, पुष २४ २०८०

  • कोशी प्रदेशसभामा सभामुख चयनका लागि आजै निर्वाचन हुने भएको छ ।

    मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख चयनका लागि आजै दिउँसो ३ बजे निर्वाचन गर्ने निर्णय गरेको  हो ।

    सरकार गठनमा सहयोग गर्न तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनदेखि कोशी प्रदेशमा सभामुख रिक्त छ । सत्तारुढ गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय यसअघि नै गरेको थियो । त्यसै अनुसार राप्रपाले पनि उम्मेदवारी दिने निर्णय गरेको छ ।

    राप्रपाबाट अम्बरबहादुर विष्टले उम्मेदवारी दिनेछन् । राप्रपाले केही दिनअघि नै विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार