आइतबार, बैशाख १६ २०८१

एमाले लुम्बिनीकाे अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित

एमाले लुम्बिनीकाे अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित


  • सक्रियखबर
  • बुधबार, भाद्र २० २०८०

  • नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । उनी दुई मतान्तरले विजयी भएका हुन् ।

    पाल्पाका कँडेलले ४ सय ७९ मत प्राप्त गरेका छन् । त्यस्तै अर्का प्रतिस्पर्धी प्युठानका हरि रिजालले ४ सय ७७ मत प्राप्त गरे ।

    विजयी कँडेललाई पार्टी उपाध्यक्ष विष्णु पाैडेल र रिजाललाई महासचिव शंकर पाेखरेलकाे साथ थियाे । दुवै समूह प्यानलसहित प्रतिस्पर्धामा थिए । उपाध्यक्ष पदमा पनि कँडेल प्यानलबाटै रुपन्देहीका भाेजप्रसाद श्रेष्ठ ४ सय ५५ मतसहित विजयी भएका छन् ।

    उपाध्यक्ष पदमा चार जनाकाे प्रतिस्पर्धा थियाे । सचिवमा भने दाङका लक्ष्मण आचार्य निर्विराेध निर्वाचित भएका थिए ।

    दुई उपसचिव मध्ये खुल्लामा ४ सय १८ मतसहित राेल्पाका पूर्ण बुढामगर र महिलाबाट ३५२ मतसहित बर्दियाकी लिला रानामगर निर्वाचित भएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार