सोमबार, बैशाख १७ २०८१

जंगली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु

जंगली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु


  • सक्रियखबर
  • मंगलबार, भाद्र १९ २०८०

  • धनगढीमा जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ ।

    धनगढी उपमहानगरपालिका –३ की अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको गए राति ११ बजेतिर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ बडहारास्थित रहेको होल्डिङ सेन्टर नजिकै जङ्गली जनावरका लागि खेतमा विद्युतीय तार राखिएको थियो । 

    धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै सोमबार राति करlब ११ बजेतिर उनी विद्युतीय धरापमा परेकी थिइन् । विद्युतीय धरापमा परी गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

    जंगली जनावरबाट धानबाली जोगाउन भन्दै खेतको आलीमा स्थानीय ४८ वर्षीय जंगलिया चौधरीले करेन्ट प्रवाह गरेको र त्यही करेन्ट लागेर मञ्जु कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । 


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार