आइतबार, बैशाख १६ २०८१

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १८ जना घाइते

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १८ जना घाइते


  • सक्रियखबर
  • मंगलबार, साउन २३ २०८०

  • रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

    मंगलबार दिउँसो रोल्पाको बागमाराबाट घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका-७ मा दुर्घटनामा परेको हो ।

    मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।

    बस त्रिवेणी गाउँपालिका-७ तिला रिचि गाउँ  भन्ने ठाउँमा दुर्घटना भएको थियो । सडकदेखि करिब १५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार