सोमबार, बैशाख १७ २०८१

सेती नदीमा डुबेर एक बालक बेपत्ता

सेती नदीमा डुबेर एक बालक बेपत्ता


  • सक्रियखबर
  • शुक्रबार, साउन १२ २०८०

  • डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् ।

    दीपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा उनी नदीमा डुबेका हुन् । उनीसँगै डुबेका चार वर्षीय मिलन साउदको स्थानीयले उद्धार  गरेका थिए । उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ ।

    बेपत्ता सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन् । दुवै जना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार