आइतबार, बैशाख १६ २०८१

सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु

सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु


  • सक्रियखबर
  • बिहिबार, असार २१ २०८०

  • सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ ।

     कपुरकोट गाउँपालिका–३, स्थित चोरखोला नजिक गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

    घटनामा एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दामोदर केसीका अनुसार मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका ४ का ७० वर्षीय बालाराम डाङ्गी र उनका  ४० वर्षीय छाेरा टोपलाल डाङ्गी रहेका छन् ।

    घाइते हुनेमा गाडी मालिक सल्यानको छत्रेश्वरी गाउँपालिका ६ का ३३ वर्षीय महेन्द्र वली  छन् ।

    सल्यानबाट रोल्पाका लागि छुटेको रा १ ख ८३४ नम्बरको बसमा विद्युतको पोललाई सपोर्ट दिन राखिएको तारबाट करेन्ट लागेको प्रहरी प्रमुख केसीको भनाई छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार