आइतबार, बैशाख १६ २०८१

सामाजिक कथामा आधारीत सर्ट फिल्म “उच्च शिक्षा” सार्बजनिक

सामाजिक कथामा आधारीत सर्ट फिल्म “उच्च शिक्षा” सार्बजनिक


  • सक्रियखबर
  • शुक्रबार, माघ १३ २०७९

  • मगन इन्टरटेन्मेन्टको निर्माण तथा रजिन महर्जनको लेखन तथा निर्देशनमा तयार भएको लघु चलचित्र “उच्च शिक्षा, एडुकेशन फर अ कमनर” सार्बजनिक भएको छ ।

    माघ ११ गते कीर्तिपुर सिनेप्लेक्समा बिशेष प्रिमियर शोको आयोजना गरेर मगन इन्टरटेन्मेन्टको अफिसियल युट्यूब च्यानलबाट सरस्वति पुजाको अबसरमा सार्बजनिक भएको हो ।

    सामान्य परिवारका छोराको बिदेश गएर अध्ययन गर्ने इच्छाले परिवार हुने समस्यालाई लिएर बनाइएको उक्त लघु चलचित्र १८ मिनेट लामो छ ।

    लक्ष्मी कुमार महर्जन, कृष्ण भक्त महर्जन, क्रिशल श्रेष्ठ, सुदीप भजु लगाएत कलाकारहरुको अभिनय रहेको यस लघु चलचित्रका निर्माता रामचन्द्र महर्जन तथा जमुना महर्जन हुन् । यस चलचित्र नेपाल भाषा र नेपाली दुबै भाषामा सार्वजनिक गरिएको हो ।

    भिडियो हेर्नका लागि

    नेपाल भाषाका लागि 

    नेपाली भाषाका लागि

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार