आइतबार, बैशाख १६ २०८१

बुबाप्रति समर्पित ‘आफैँ जान्ने’ गीत सार्वजनिक

बुबाप्रति समर्पित ‘आफैँ जान्ने’ गीत सार्वजनिक


  • सक्रियखबर
  • सोमबार, पुष ११ २०७९

  • मगन इन्टरटेनमेन्टको ब्यानर र रजिन महर्जनको लेखन तथा निर्देशनमा निर्माण भएको सर्ट फिल्म ‘उच्च शिक्षा’को प्रमोसनल गीत ‘आफैँ जान्ने‘ सार्वजनिक भएको छ ।

    लेखक तथा पत्रकार ईश्वर दाहालको शब्द रचना र सुरेन्द्र श्रेष्ठको म्युजिक एरेन्ज रहेको यो गीतलाई निर्देशक महर्जन आफैँले स्वर र संगीत दिएका छन् ।

    वैदेशिक शिक्षाको बढ्दो मोह र त्यसबाट सामान्य परिवारमा हुन सक्ने तिक्तताको विषयलाई लिएर निर्माण भएको सो सर्ट फिल्म आगामी माघ १२ गते मगन इन्टरटेनमेन्टको युट्युब च्यानलबाट रिलिज हुने बताइएको छ ।

    लक्ष्मीकुमार महर्जन, क्रिशल श्रेष्ठ, कृष्ण भक्त महर्जनलगायत कलाकारहरूको अभिनय रहेको सर्ट फिल्ममा नभनिएको एक कथाको अंशजसरी यो गीत निकालिएको हो । तर, सर्ट फिल्ममा भने यो गीत समावेश नहुने निर्देशक महर्जनले बताएका छन् ।

    रामचन्द्र महर्जन र जमुना महर्जन निर्माता रहेको यो सर्ट फिल्मका सहायक निर्देशक विक्रम महर्जन हुन् भने सञ्जीवरत्न शाक्य कलर करेक्सन तथा कला निर्देशक रहेका छन् । उत्तम हुमागाईंको छायांकन रहेको यस फिल्ममा नेपाल भाषा र नेपाली दुवै भाषामा युट्युबमार्फत रिलिज गरिने मगन इन्टरटेनमेन्टले जनाएको छ ।

    हेर्नुहोस् भिडियो:


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार