सोमबार, बैशाख १७ २०८१

कठै मेराे देश (कविता)

कठै मेराे देश (कविता)


  • सागर सुनार
  • शनिबार, भाद्र १८ २०७९

  • बलात्कारी छुट्ने यहाँ, कलाकार चाँहि जेलमा
    आफ्ना मान्छे भन्दै हिँड्ने राजनितीको खेलमा ।

    चिल्ला गाडी चढ्ने यिनी बाटो भने उस्तै
    जसले जिते पनि यहाँ जन्मे भ्रष्ट सबै ।

    चुनाबको नाममा यहाँ पैसा फालाफाल
    चुनाब जितेपछि यिनलाई हुन्छ मालामाल ।

    भ्रष्ट नेताहरुले मात्र बिग्र्‍या होईन देश
    जनताहरु भरौटे बिगारेनी देश ।

    खाडी जान बाध्य भए युवाहरु आज
    ठुला ठुला कुरा गर्छन जनताहरुको माझ ।

    बुढाहरुले राज गर्दै बुढेसकालमा पनि
    युवाहरुको पसिनामा भ्रष्ट रजाँई गर्नी ।

    हिरा जस्तो देश आज कस्तो भयो भयो
    बागमती खोला जाँदा नाक थुन्नु पर्‍यो ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार