आइतबार, बैशाख १६ २०८१

रजिन महर्जनद्वारा निर्देशित महिनावारीसम्बन्धी डकुमेन्ट्री एनसीआईएफएफमा छनोट

रजिन महर्जनद्वारा निर्देशित महिनावारीसम्बन्धी डकुमेन्ट्री एनसीआईएफएफमा छनोट


  • सक्रियखबर
  • बुधबार, भाद्र १५ २०७९

  • रजिन महर्जनद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘महिनावारीसम्बन्धी नेपालको अभियानः वर्जित मान्यतासँग सामना’ नेपाल कल्चरल इन्टरनेसनल (एनसीआईएफएफ)- २०२२ मा छनोट भएको छ ।

    यो डकुमेन्ट्री जर्मन नागरिक अन्तर्राष्ट्रिय मल्टिमिडिया जर्नालिस्ट डर्क गिल्सनले निर्माण गरेका हुन् । डकुमेन्ट्रीकी प्रस्तोता अभिनेत्री केकी अधिकारी सन् २०२० देखि महिनावारी स्वास्थ्यको सद्भावना दूत छिन् ।

    सुदूरपश्चिम प्रदेशको धनगढी, कैलालीमा खिचिएको यो डकुमेन्ट्रीले महिनावारीको समयमा महिला तथा किशोरीहरूले स्कुल, परिवार र समाजमा भोग्नुपर्ने समस्या र भेदभाव तथा यसको अन्त्यका लागि भएका प्रयासबारे बताउँछ ।

    महिनावारीबारे समाजका गलत मान्यता र यसमा आएका परिवर्तनबारे समेत डकुमेन्ट्रीमा उल्लेख छ ।

    ८ मिनेटको यो डकुमेन्ट्रीमा केकी अधिकारीले महिनावारी दर्शकलाई देशको सुदूरपश्चिमको यात्रामा लैजान्छिन् । जहाँ उनी किशोरी र महिलाको दैनिक जीवनमा के परिवर्तन भएको छ भनेर जान्नका लागि एउटा विद्यालय र ग्रामीण इलाकाको एउटा गाउँ जान्छिन् ।

    यसअघि जर्मनीमा जुलाईमा भएको १८औँ अन्तर्राष्ट्रिय शर्ट फिल्म फेस्टिबल डेटमोल्डका लागि पनि डकुमेन्ट्री छनोट भएको थियो ।

    साथै, टोरोन्टो इन्टरनेसनल वुमन्स फिल्म फेस्टिबल-२०२२ र डब्लूएचओ हेल्थ फर अल फिल्म फेस्टिबल- २०२२ मा पनि छनोट भइसकेको छ ।

    भिडियाे हेर्नुहाेस् :


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार