आइतबार, बैशाख १६ २०८१

मेरो जिन्दगी

मेरो जिन्दगी


  • शाम्भवी बाशिष्ठ
  • बुधबार, जेष्ठ २५ २०७९

  • म चॉही मेरो जिन्दगीलाई सुन्दर बनाउन हरदम प्रयास गरिरहन्छु । तर मेरो जिन्दगी चॉही संधै मेरो विपरीत नै जान खोज्दै हुन्छ ।।
    म चॉही हरेकक्षण मेरो जिन्दगीलाई सिंगार पटार गरेर बेहुली जस्तै सिंगार्न खोज्दै हुन्छु । मेरो जिन्दगी चॉही खै किन हो सिंगारिन खोज्दै खोज्दैन ।।

    जिन्दगी खुशीयाली नै बिताउन सकियोस भनेर सबै नातागोता, साथीभाई, पेशाव्यवशाय लाई सन्तुलन मा राख्न खोज्छु । तर मेरो जिन्दगीले खै कुन जुनीको दुश्मनी निकाले जस्तै गरी कहिले को सँग त कहिले को सँग असन्तुलित वातावरण पैदा गरिदिन्छ ।।

    ए जिन्दगी मलाई त रहर नै लागिसक्यो थोरै भएपनि तिमीलाई सिंगार्ने । तिमीलाई सिंगारेर बालापन मा खेलेको टालाटुली बटुलीको जस्तै पुतली बनाउने । मलाई अहिलेको जस्तो हाइफाइको गुडिया पनि बनाउनु छैन तिमीलाई । मलाई त तेही बालापन मा टुक्रा टुक्रा टालाहरू बटुलेर सकि नसकि आफैले बनाएको पुतली नै बनाउनु छ ।।

    आहा ! त्यो बालापन को पुतली, ती रङ्गीबिरङ्गी टालाहरूबाट फरिया चोली अनि तेसमाथि पटुकी, कति राम्री देखिन्थी मेरी पुतली । हो तेस्तै जताततै टालटुल गरेर भए पनि बच्चाबेलाको पुतली जस्तै बनाउनु छ ए जिन्दगी तिमीलाई । तर तिमी किन सधै बटारिन्छौ, मलाई त एकदमै रहर लागिसक्यो तिमीलाई सिंगार्न, कहिलेकाही त मलाई पनि यस्तो मौका प्रदान गरन ए जिन्दगी ।।

    तिमीलाई कहिल्यै सिंगारिएर बस्न मन लाग्दैन हो ? तर मलाई त एकदमै रहर लागिसक्यो, कहिलेकाही त यस्तो मौका पनि देउन ए जीन्दगी ।।।।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार