आइतबार, बैशाख १६ २०८१

अपेक्षा काङ्ग्रेस नेतृत्व को

अपेक्षा काङ्ग्रेस नेतृत्व को


  • बिजय राज बिष्ट
  • आइतबार, कार्तिक २१ २०७८

  • नेपाली काङ्ग्रेस चौधौ महाधिवेशन को संघारमा छ । यस अधिबेशनले गाउँ, नगर, जिल्ला र केन्द्र मा कस्तो नेतृत्व चयन हुने हो भन्ने आम चासो को बिषय छ ।

    काङ्ग्रेसमा लागेर आफ्नो अभिभावक गुमाएको परिवारको सदस्य भएको नाताले झन चासो र चिन्ता लाग्नु स्वभाविकै हो । विगत केही वर्षहरुबाट नेपाली काङ्ग्रेस मा सैद्धान्तिक बिचलन आएको पाएको छु । यदि काङ्ग्रेस मात्र को कार्यकर्ताको आँखाले हेर्ने हो भने काङ्ग्रेस मा विचलन आएको प्रस्ट देख्न सकिन्छ । मेरो पिता स्व. भैरब राज बिष्ट गोरखा काङ्ग्रेस को नेता हुनुहुन्थ्यो उहाँको माओवादी बाट २०५८ पुष २२ गते हत्या भयो । उक्त हत्या को कारण थियो नेपाली काङ्ग्रेस हुनु र काङ्ग्रेस को आस्था छाड्न नमान्नु ।

    माओवादीहरुले जे भनेका थिए सोही मानिदिएका भए न बुवाले ज्यान गुमाउन पर्ने थियो, न हामी अभिभावक विहिन नै बन्नु पर्ने थियो । यो पीडा, मेरो मात्र पीडा थिएन समग्र काङ्ग्रेस को पीडा हुनुपर्ने थियो तर बिडम्वना हाम्रो नेतृत्वले सो पीडा आत्मबोध गर्न नै सक्नु भयन ।

    बिगतका निर्बाचन मा काङ्ग्रेस ले चितवन र गोरखा लगायत केही जिल्लामा माओवादी का उम्मेद्द्वार लाई मत दिन उर्दि जारि भयो, उक्त समयमा माओवादी लाई मत दिन हुन्न, काङ्ग्रेसले रुखमा मात्र मत दिने हो भन्ने म जस्ता केही काङ्ग्रेस जनलाई काङ्ग्रेस नै होइन भन्ने जस्तो व्यवहार भयो मतलब हसिया हथौडामा मत नदिने सक्कली काङ्ग्रेस नै होइनन् भन्ने जस्तो व्यवहार देखियो र सोही भोगियो । काङ्ग्रेस छोड्न सजिलो तर हसिया हथौडा मा मत दिने काङ्ग्रेस बनिन्न भन्थे र बनिएन पनि, आखिर गलत व्यक्ती लाई बोक्दा, बिचार नमिल्ने हरु सङ तालमेल गर्दा के हुदो रहेछ भन्ने पुस्टि भै सक्यो पनि ।

    माओवादी रास्ट्रीयता को कुरा नि गर्छ र रास्ट्रीय संस्कृतीप्रति घृणा पनि गर्छ यो उस्को कस्तो रास्ट्रीयता ? मैले बुझेको उनिहरुको रास्ट्रीयता काङ्ग्रेस नेतृत्वले बुझ्न सक्नु भयन या सत्ता स्वार्थमा उहाँ को रास्ट्रीयताको नक्कली नारामा अल्झिनु भयो । नेपालको नवनिर्माण चाहेको जस्तो गर्ने तर नेपालिको मौलिकता लाई घृणा गर्ने यो उनिहरुको कस्तो रास्ट्रीयता बुझ्न कठिन लाग्यो ।

    रास्ट्रीयता कमजोर भयपछि मानवता कमजोर हुन्छ । जब मानवता कमजोर हुन्छ अनि उनिहरुका बादको कुनै अर्थ रहन्न । रास्ट्रीयता भनेर होइन व्यवहार मा देखाउन सक्नु पर्छ, अनि मात्र नवनिर्माण हुने हो । जब सम्म देशमा कानुनी शासन हुदैन, अदालत मा राजनितिक भागबन्डा कायम रहिरहन्छ तबसम्म अपराधीको राज हुन्छ । अपराधी को राज भएको हेर्न पर्ने, उनै लाई मत मागेको, मत दिन उर्दि भएयको हेर्न पर्ने म कस्तो लोकतान्त्रिक दलको कार्यक्रता हुँ भनेर बुझ्ने ? अपराध गरेर आएकाहरु सत्तामा पुग्नु मात्रलाई शान्ती प्रक्रिया पूरा भयो भनेर बोक्ने प्रथा रहेसम्म देश मा स्थिरता हुन्छ भन्ने मलाई लाग्दैन ।

    अब महाधिवेशनबाट गाउँ नगर जिल्ला केन्द्रमा जो नै सभापति हुनुहोस नेतृत्व मा पुग्नुहोस त्यो मतलब र चासोको कुरो लाग्दैन किनकी जो नै नेतृत्व मा आएपनि काङ्ग्रेस नै नेतृत्वमा आउने र काङ्ग्रेसकै संगठन बनाउने न हो तर अब आउने र चयन गरिने नेतृत्व ले चाहिँ निम्न कुरा भुल्नु भनेको संगठन धरायसी बनाउनु हो ।

    • पार्टीमा ईमान्दार र निस्ठावान नेता, कार्यकर्ता हुनुहुन्छ, नेतृत्वको गलत निर्णय ले उहाँहरुले पार्टी बाट विस्थापित हुन पर्ने दिन नआओस ।
    • धनवान र डनबान को राज हुदा निस्ठावान नेता कार्यकर्ता पलायन हुँदैछ्न यस्मा नेतृत्व तहले ध्यान दिन जरुरि छ ।
    • अपराध र अपराधीलाई आफू अनुकुल व्याख्या गर्ने र बोक्ने प्रथा छ त्यो तोडिनु आवस्यक छ । लोकतान्त्रिक दलले सत्ता बाहिर हुँदा अपराध देख्ने, सत्तामा हुँदा बोक्ने प्रथा तोडिनु आवस्यक छ । लोकतन्त्र मान्नेले हतियारको राजनीति, हत्या हिंसा लाई राजनीति भन्दैन ,यो बुझ्न जरुरी छ ।
    • नीति, विधि र पद्दती अनुसार पाटी चल्नु पर्दछ । सम्बन्धित विभाग लगायत अन्य निकायहरुमा मनोनयन गर्दा खल्तिका होइनन् योग्य व्यक्ति जिल्ला पार्टी नेतृत्व को संयोजनमा निर्धारित समय सिमा भित्र नै हुन जरुरी छ ।
    • महत्त्वपूर्ण निर्णय लिँदा केन्द्रिय समिती को बैठक बोलाउने र निर्णय लिने गर्दा बल्ल पार्टी नियमानुसार चल्ने थियो । पाटी भित्र बहुमत या अल्पमत को आधारमा होइन सहि र गलत छुट्टाउन सक्नु पर्छ, ताकी पार्टीको उक्त निर्णय ले भोलि सङ्गठन लाई दुरगामी असर नगरोस, यस्तो सोच्न सक्ने नेतृत्व चयन होस् ।
    • चुनाबी तालमेल गर्न नै परेमा विचार मिल्ने समूह संग हुनपर्छ, विचार नमिल्ने समूह लाई बोक्ने गर्दा क्षणिक जित भयनि उक्त जित टिकाउ हुन्न भन्ने नेतृत्व ले बुझ्न जरुरि छ ।
    • माओवादी हिँश्रक युद्धमा हजारौ काङ्ग्रेस नेता तथा कार्यकर्ता मारिए, उहाँहरु लाई न्याय प्रदान गरेर अपराधी लाई रास्ट्रीय तथा अन्तर्राष्ट्रिय कानुन अनुसार कार्बाही गर्न पहल गर्न सक्नुपर्छ । क्षणिक स्वार्थ को लागि विचार नमिल्ने, निस्ठा नमिल्ने हरुलाई मत दिन उर्दि गर्ने जस्तो कार्य फेरि पनि दोहोरिने हो भने काङ्ग्रेस कार्यकर्तामा बिचलन आउछ र निराशा छाउँछ नेतृत्व ले विचार गर्नुपर्ने देखिन्छ ।

    होइन यति गर्न सकिन्न फेरि पनि देउबा, पौडेल र सिटौला काङ्ग्रेस भनेर लाग्ने हो भने उहाँहरु त रहनुहोला, उहाँका आसेपासे, भजन मन्डलि र जि हजुरी लाउने हरु रहलान तर जो काङ्ग्रेस मात्रका कार्यकर्ता छन् उहाँ हरु अट्न सक्ने काङ्ग्रेस बन्ला भन्ने मलाई लाग्दैन ।

    साच्चै काङ्ग्रेसभित्र काङ्रेसी अट्न सक्ने काङ्ग्रेस बनाउने हो भने ईमान र निस्ठाले हार्दैन । ईमान र निस्ठाले जित्ने नेतृत्व चयन होस्, तब मात्र काङ्ग्रेस सबै लाई जोड्ने, सबै अट्ने बन्छ होइन भने उक्त नारा नारामै सिमित नहोला भन्न सकिन्न ।

    जय नेपाल !!!

    लेखक नेपाली काँग्रेसको चितवन भरतपुर वडा नं. १० का क्षेत्रीय प्रतिनिधि हुन् । 


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार