सोमबार, बैशाख १७ २०८१

राष्ट्रिय योजना आयोगमा चारजना सदस्य नियुक्त

राष्ट्रिय योजना आयोगमा चारजना सदस्य नियुक्त


  • सक्रियखबर
  • बिहिबार, चैत्र ८ २०८०

  • राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा चार जना नियुक्त भएका छन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    कांग्रेस सत्ता गठबन्धनबाट बाहिरिएपछि चार जना सदस्यले राजीनामा दिएका थिए । उक्त रिक्त सदस्यमा सत्ता गठबन्धनमा थपिएका एमाले र राष्ट्रिय स्व्तन्त्र पार्टी (रास्वपा) ले भागवण्डा गरी लिएका छन् । एमालेले तीन जना सदस्य लिएको छ भने रास्वपाले एउटा सदस्य पाएको छ ।

    एमालेबाट योजना आयोगको सदस्यमा प्राध्यापक संगीता सिंह, डा. कुशेन्द्रबहादुर महत र प्राध्यापक शिवराज अधिकारी नियुक्त भएका छन् । त्यसैगरी, रास्वपाले डा. अरनिकोकुमार पाण्डे सदस्य नियुक्त गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार