मंगलबार, जेष्ठ १ २०८१

आईपीएल : चेन्नाइसँग हैदराबाद पराजित

आईपीएल : चेन्नाइसँग हैदराबाद पराजित


  • सक्रियखबर
  • सोमबार, बैशाख १७ २०८१

  • इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा चेन्नई सुपर किङ्सले सनरार्जर्स हैदरावादविरुद्ध फराकिलो जित निकालेको छ ।

    गए राति भएको खेलमा सुरुवाति ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावाद १८.५ ओभरमा १३४ रनमा समेटिएपछि चेन्नईले ७८ रनको फराकिलो जित निकालेको हो ।

    चेन्नईका लागि कप्तान ऋतुराज गायकवाडले ९८ रन बनाए । त्यस्तै ड्यारी मिचेलले ५२ रन बनाउँदा अजिङ्क्या राहाणे ९ रनमा पेभेलियन फर्किए । त्यस्तै शिवम दुवे ३९ र महेन्द्रसिंह धोनी ५ रनमा नटआउट रहे ।

    हैदरावादका लागि भुवनेश्वर कुमार, टी नटराजन र जयदेव उनादकतले समान १/१ विकेट लिए ।

    जवाफी ब्याटिङमा उत्रिएको हैदरावादका एडेन मारकरमले ३२ रन बनाए भने हेनरिक क्लासेन २० रनमा आउट भए । त्यस्तै अबदुल समाद १९, अविशेक शर्मा, १५, नितिश कुमार रेड्डी १५ रनमा आउट हुँदा ट्राभिस हेडले १३ रन बनाए ।

    त्यस्तै सहवाज अहमदले ७, कप्तान प्याट कमन्सले ५ रन बनाउँदा जयदेव उनादकतले १ तथा अनमोलप्रित सिंह शून्य रनमा आउट भए । भुवनेश्वर कुमार भने ४ रनमा नटआउट रहे ।

    चेन्नईका लागि तुसा देशपाण्डेले ४ विकेट लिए । मुस्तफिजुर रहमान र मथिसा पथिरानाले २/२ विकेट लिँदा रविन्द्र जडेजा र सार्दुल ठाकुरले १/१ विकेट लिए ।

    यो जितसँग चेन्नई अंकतालिकाको तेस्रो स्थानमा पुगेको छ । जारी सिजनमा ९ खेल खेलेको चेन्नईले ५ खेलमा जित निकाल्दै १० अंक बटुलेको छ । समान खेलमा ५ जित निकाले पनि रनरेटका आधारमा हैदरावाद चौथो स्थानमा छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार