सोमबार, बैशाख १७ २०८१

मेरो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन : विनोद चौधरी

मेरो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन : विनोद चौधरी


  • सक्रियखबर
  • बिहिबार, चैत्र ८ २०८०

  • नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई पनि बुझाउनु नपर्ने प्रतिक्रिया दिएका छन् ।

    बाँसबारी जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बयान दिएर सरकारी वकिल कार्यालयबाट निस्कँदै गर्दा चौधरीले उक्त प्रतिक्रिया दिएका हुन् । सरकारी वकिलको कार्यालयसँगको समन्वयमा सीआईबीले उनको बयान लिएको हो ।

    ‘४५ वर्षको यात्रापछि मैले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन । त्यो पनि खास गरिकन स्टन्ट गर्नेहरूलाई,’ चौधरीले बयान दिएर निस्कँदै गर्दा सञ्चारकर्मीहरूसँग भने ।

    उनले आफ्नो ४५ वर्ष लामो व्यावसायिक यात्रामा जहिले पनि उद्यमी र विकासको राजनीतिक गरेको बताए । यो विषयमा अहिले आएर राजनीतीकरण गर्न खोजिएको उनको आरोप छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार