बुधबार, जेष्ठ २ २०८१

बझाङ प्रदेशसभा-१ मा कांग्रेसको अग्रता

बझाङ प्रदेशसभा-१ मा कांग्रेसको अग्रता


  • सक्रियखबर
  • सोमबार, बैशाख १७ २०८१

  • बझाङ प्रदेशसभा १(१) मा भएको उपचुनावको मत गणना जारी छ । जारी मत गणनामा नेकपा एमाले र नेपाली कांग्रेसबीच क८ प्रतिस्पर्धा देखिएको छ ।

    पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले अग्रता लिइरहेका छन् । उनले ८ हजार २ सय २७ मतका साथ अग्रता लिइरहेका हुन् । सिंहलाई एमालेका दमन बहादुर भण्डारीले ७ हजार ९ सय ७४ मतका साथ पछ्याइरहेका छन् ।

    पछिल्लो परिणामअनुसार कांग्रेसका सिंहले एमालेका भण्डारीसँग २५३ मतको अग्रता कायम गरेका छन् ।

    त्यस्तै जारी मत गणनामा माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो स्थानमा रहेका छन् उनले ३ हजार ३३ मत ल्याएका छन् । त्यस्तै चौथो स्थानमा रहेको एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १ सय ७१ मत ल्याउँदा चौथो स्थानको राप्रपाका किशोर कुमार खड्काले २ सय मत ल्याएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार