बुधबार, जेष्ठ २ २०८१

इलाम-२ अपडेट: कांग्रेससँग अग्रता बढाउँदै एमाले

इलाम-२ अपडेट: कांग्रेससँग अग्रता बढाउँदै एमाले


  • सक्रियखबर
  • सोमबार, बैशाख १७ २०८१

  • यही १५ वैशाखमा इलाम- २ को प्रतिनिधिसभाका लागि भएको उपचुनावको पछिल्लो मत परिणामअनुसार नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ ।

    पछिल्लो परिणामअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ७ हजार ६ सय ७७ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ५ हजार ३ सय ९५ मतका साथ पछ्याइरहेका छन् ।

    त्यस्तै पहिचान पक्षधरहरूको समर्थन पाएका डकेन्द्रसिंह थेगिम लिम्बू तेस्रो स्थानमा छन् । उनले ४ हजार ५८ मत पाएका छन् । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू भने चौथो स्थानमा छन् । उनले १ हजार १ सय ६२ मत ल्याएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार