सोमबार, बैशाख १७ २०८१

प्रधानमन्त्रीसँग १३ सांसदको सवाल-जवाफ (पूर्ण पाठ)

प्रधानमन्त्रीसँग १३ सांसदको सवाल-जवाफ (पूर्ण पाठ)


  • सक्रियखबर
  • मंगलबार, चैत्र ६ २०८०

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिएका छन् ।

    मंगलबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले १३ जना सांसदहरूले सोधेका प्रश्नको जवाफ दिएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको विषयमा जवाफ पनि दिए ।

    प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको तथा अदालतमा विचाराधीन मुद्दामा पनि कहीँकतै नजोडिएको बताए ।

    एक पटक अनुसन्धान सकिएर अदालतमा मुद्दा दायर भइसकेको मुद्दामा आधार प्रमाणबिनाको जाहेरी पुनः दर्ता गर्न आवश्यक नहुने उनको भनाइ छ । उनले उजुरी पर्नासाथ राजीनामा दिने हो भने के हुन्छ भन्ने प्रश्न पनि गरे । ‘मुद्दा बुझाइसक्दासम्म उहाँको नाममा उजुरी, निवेदन केही छैन । उजुरी पर्नासाथ राजीनामा दिने हो भने के हुन्छ रु हामी उजुरी दर्ता हुनासाथ राजीनामा दिने सहमति गर्न सक्छौँ ?,’ उनले भने, ’गृहमन्त्रीबाट चाहिँ हटाऊ, मुद्दा प्रभावित हुन्छ भन्न खोजेको हो भने प्रभावित पार्नेले अर्को मन्त्रालयमा बसे पनि पार्ला । सरकारमा बसे मात्रै पनि पार्ला । त्यसैले यो विषयलाई राजनीतीकरण नगरौँ ।’

    प्रधानमन्त्री प्रचण्डले लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फर्छ्यौट भइसकेको समेत दाबी गरे ।

    प्रधानमन्त्रीले दिएको जवाफको पूर्णपाठ : 


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार