सोमबार, बैशाख १७ २०८१

कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु

कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु


  • सक्रियखबर
  • बिहिबार, चैत्र १ २०८०

  • कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ ।

    मंगलबार बिहान महबुला क्षेत्रको सिसाइड रोडमा कारले ठक्कर दिँदा तीन नेपालीको घटनास्थलमै मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

    दूतावासका सूचना अधिकारी प्रेमराज गौतमका अनुसार कारको ठक्करबाट काठमाडौंको नागार्जुन नगरपालिका-२, सानो भर्‍याङका सुजन कार्की, अछामको पञ्चदेवल विनायक नगरपालिका-५ का सुरजबहादुर कडायत र धनुषाको  मिथिला नगरपालिकाका धिरज गुर्माछान मगरको मृत्यु भएको हो ।

    उनीहरूको शव पोष्टमार्टमका लागि फरवानिया अस्पतालमा राखिएको छ । पासपोर्टमा भएको ठेगानाका आधारमा नेपालमा परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको सूचना अधिकारी गौतमले बताए । उनका अनुसार परिवारसँग सम्पर्क भएपछि सबै प्रक्रिया पूरा गरेर शव नेपाल पठाइनेछ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार