सोमबार, बैशाख १७ २०८१

एक्स्ट्राटेक क्रिकेट रंगशालाको उद्घाटन

एक्स्ट्राटेक क्रिकेट रंगशालाको उद्घाटन


  • सक्रियखबर
  • सोमबार, फाल्गुन २८ २०८०

  • रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन भएको छ ।

    सोमबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन गरेका हुन् ।

    गुल्मीका विनोद कुँवरको निजी लगानीमा बनेको रंगशालको उद्घाटन प्रदेश प्रमुख शेरचनले ब्याटिङ र कुँवरले बलिङ गरी गरे । गत ३० जेठमा रंगशाला निर्माणको शिलान्यास भएको थियो । आठ महिनापछि रंगशालाको मैदानको निर्माण कार्य सम्पन्न भएको हो ।

    तिलोत्तमा नगरपालिका वडा १७ मा ४० करोड रुपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशालाको निर्माण गरिएको हो ।

    मैदान उद्घाटन भएसँगै आजबाट लिजेन्ड्स कप पनि सुरु हुँदैछ । नेपालबाट पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको, रुपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपालबीच प्रतिष्पर्धा हुनेछ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार