सोमबार, बैशाख १७ २०८१

मर्मस्पर्शी गीत ‘आएँ आमा…’ सार्वजनिक

मर्मस्पर्शी गीत ‘आएँ आमा…’ सार्वजनिक


  • सक्रियखबर
  • शुक्रबार, फाल्गुन १८ २०८०

  • वरिष्ठ रचनाकार श्याम तमोट (गाउँ गाउँबाट उठ…) को रचना तथा मगन इन्टरटेन्मेन्टको निर्माणमा मर्मस्पर्शी गीत “आएँ आमा…” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    सुरेन्द्र श्रेष्ठको संगीत तथा संगीत संयोजन र रजिन महर्जनको पटकथा, सिनेमाटोग्राफी, सम्पादन तथा निर्देशनमा तयार भएको उक्त गीतको म्युजिक भिडियो कीर्तिपुर सिनेप्लेक्स्मा प्रिमियर शो कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।

    सुनिता श्रेष्ठ, सुधा महर्जन, लक्ष्मीकुमार महर्जन, रुपेन्द्र श्रेष्ठ तथा सुबन जोशी लगायतका कलाकारहरुको अभिनय रहेको सो म्युजिक भिडियोको प्रिमियर शो बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

    प्रिमियर पश्चात बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले गीत तथा भिडियो सबै पक्षबाट उत्कृष्ट भएको र हेर्दा हेर्दै आँसु थाम्न नसकेको बताउनुभयो ।

    कार्यक्रममा जनगायक रामेश श्रेष्ठ र अन्य थुप्रै कलाकार तथा संगितकर्मीहरुको उपस्थिति रहेको थियो । सो गीत नेपाली र नेपाल भाषा (वया मां जि..) दुबै भाषामा मगन इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । नेपाल भाषा संस्करणमा गायिका रत्नशोभा महर्जनको गायन रहेको छ ।

    भिडियो हेर्नका लागि यहाँ जानुहाेस् । 

    नेपाली भाषा :

    नेपाल भाषा : 


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार