सोमबार, बैशाख १७ २०८१

एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट

एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट


  • सक्रियखबर
  • आइतबार, माघ २१ २०८०

  • नेकपा (एमाले) को धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ । कुटाकुटपछि अधिवेशन नै स्थगित भएको छ । १९ माघबाट सुरु भएको अधिवेशनमा शनिबार कुटाकुट भएको हो ।

    शनिबार जिल्ला कमिटीबाट मनोनित गर्ने नामहरूका बारेमा विवाद भएको थियो । विवाद उग्र बन्दै जाँदा कुटाकुटमा परिणत भएको थियो । त्यस क्रममा एक जनाको हातसमेत भाँचिएको छ ।

    जिल्ला अधिवेशनमा कुटाकुट भएर कार्यकर्ताको हात भाँचिएपछि एमाले बागमती प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेलले सम्मेलन स्थगित गरिदिएका छन् । बैठकमा छलफलको माग हुँदाहुँदै जिल्ला अध्यक्षले जबर्जस्ती प्रस्ताव पेस गर्दा झडपको स्थिति सिर्जना भएको ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागीहरूबाट छलफलको माग गर्दैगर्दा जिल्ला कमिटी अध्यक्षले जबर्जस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सिर्जना हुन पुग्यो,’ ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    साथै ढुंगेलले मर्यादित र विधिसम्मत तरिकाले अधिवेशन सम्पन्न गर्न सम्भव नदेखिएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिदिएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार