सोमबार, बैशाख १७ २०८१

हिमपातले जुम्लाका किसानमा खुशीयाली

हिमपातले जुम्लाका किसानमा खुशीयाली


  • सक्रियखबर
  • बिहिबार, माघ १८ २०८०

  • जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो ।

    लामो समयपछि हिमपात भएपछि हुम्लाका किसान खुसी भएका छन् । हिमपातपछि खेतबारीमा लगाइएको जेठासीवाली गहुँ, जौ, उवा, मसुरो, मटर लगायतका बालीको उत्पादन राम्रो हुने गर्छ ।

    जुम्ला सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसानलाई केही राहत भएको छ ।

    पश्चिमी वायुको प्रभावले बिहीबार बिहानैदेखि जुम्ला, हुम्ला, कालिकोट, मुगु र डोल्पालगायतका जिल्लामा हिमापात सुरु भएको हो ।

    माघ लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ । स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ ।

    जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार