सोमबार, बैशाख १७ २०८१

प्याराएसियाली खेलकुद तेक्वान्दोमा युनिग्लोब कलेजकी विद्यार्थी पलिशाले जितिन ऐतिहासिक पदक

प्याराएसियाली खेलकुद तेक्वान्दोमा युनिग्लोब कलेजकी विद्यार्थी पलिशाले जितिन ऐतिहासिक पदक


  • सक्रियखबर
  • बुधबार, कार्तिक १५ २०८०

  • चीनको हाङ्झाओमा सम्पन्न चौथो प्याराएसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा नेपालकी पलेशा गोवर्धनले कास्य पदक जितेकी छिन् ।

    के–४४ विधाको ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै पलेशाले कास्य पदक जितेर इतिहास रचेकी हुन् । उनी प्याराएसियाली खेलकुदमा पदक जित्ने पहिलो नेपाली बनेकी छन् ।

    अक्टुबर २२ देखि २८ सम्म आयोजना गरिएको प्याराएसियाली खेलकुदअन्तर्गत तेक्वोन्दोमा पलेशाले क्वार्टरफाइनलमा चीनकी लिटिङ याङलाई १४–१ ले पराजित गरेकी थिइन् ।

     

    सन् २०१७ मा लन्डनमा भएको विश्व प्यारातेक्वोन्दो च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय करिअर सुरुवात गरेकी पलेशाले २०१८ मा भियतनाममा सम्पन्न चौथो एसियालाी प्यारा तेक्वोन्दो च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् ।

    सन् २०२१ मा बहराइनमा सम्पन्न एसियाली युथ प्यारा गेम्समा ऐतिहासिक स्वर्ण पदक जितेपछि भने पलेशाको चर्चा चुलिएको थियो । युनिग्लोब माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेकी पलेशा हाल चीनको शाङ्हाईस्थित टोङ्जी विश्वविद्यालय कलेज अफ आर्किटेक्चरमा अध्ययनरत छिन् ।

    पलेशाको यस ऐतिहासिक जितको अवसरमा युनिग्लोब सेकेन्डरी स्कुलका प्रिन्सिपल डा गणेश रेग्मीले उनको उल्लेखनीय उपलब्धिका लागि बधाई दिएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार