सोमबार, बैशाख १७ २०८१

बारामा गोली हानेर शिक्षकको हत्या

बारामा गोली हानेर शिक्षकको हत्या


  • सक्रियखबर
  • सोमबार, कार्तिक १३ २०८०

  • बाराको कलैया उपमहानगरपालिका– ६, स्थित एक निजी विद्यालयका शिक्षकको गोली हानी हत्या भएको छ ।

    सोमबार दिउँसो दुईवटा मोटरसाइकलमा आएका व्यक्तिले बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफमाथि गोली प्रहार गरेको बाराका प्रहरी प्रमुखले जानकारी दिए । उनका अनुसार दुवै जना नेपाली नम्बरको मोटरसाइलकमा आएका थिए ।

    गोली लागेर घाइते भएका सर्राफको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सर्राफमाथि चार राउण्ड गोली लागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार