सोमबार, बैशाख १७ २०८१

बारामा माेटरसाइकल दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु

बारामा माेटरसाइकल दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु


  • सक्रियखबर
  • आइतबार, कार्तिक १२ २०८०

  • बारामा भएको मोटरसाइकल दुर्घटनामा परी एक जना प्रहरी जवानको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहेको प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेले जानकारी दिए ।

    शनिबार बिहान साढे ७ बजेको समयमा निजगढ नगरपालिकाबाट वडा नं ८ बाट जितपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा ड्युटीको सिलसिलामा मोटरसाइकल दुर्घटनामा परी सुनारको मृत्यु भएको हो ।

    आफूले चलाएको ज १२ प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका प्रहरी जवान सुनारको प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकी थप उपचारका लागि एलएस न्यूरो अस्पतालमा लगिएकामा उपचारका क्रममा सवा १२ बजे मृत्यु भएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार