सोमबार, बैशाख १७ २०८१

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु


  • सक्रियखबर
  • सोमबार, असोज ८ २०८०

  •  सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते छन् ।

    रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

    जिप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

    मृतक दुबै जना पुरुष हुन् । उनीहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ । तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको आशंका गरिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार