सोमबार, बैशाख १७ २०८१

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द


  • सक्रियखबर
  • आइतबार, भाद्र ३१ २०८०

  • नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । स्वास्थ्यकर्मीहरू आन्दोलित भएपछि टाढाटाढाबाट अस्पताल आएका बिरामीहरू समस्यामा परेका छन् ।

    मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा चिकित्सकहरूमाथि कुटपिट गर्नेलाई कारबाही नभएको भन्दै नेपाल चिकित्सक संघ देशव्यापी आन्दोलनमा उत्रेको हो ।

    संघले चिकित्सकमाथि भएको कुटपिटका दोषीलाई अबिलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेको छ । संघले बाध्यताबस आन्दोलनमा उत्रिनुपरेको जनाएको छ ।

    २७ भदौमा सन्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि कुटपिट भएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार