सोमबार, बैशाख १७ २०८१

घाँस काट्दै गरेकी श्रीमतीको हत्या

घाँस काट्दै गरेकी श्रीमतीको हत्या


  • सक्रियखबर
  • शुक्रबार, भाद्र १ २०८०

  • बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

    बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन् ।

    घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

    प्रहरीले सुनारलाई नियन्त्रणमा लिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार