सोमबार, बैशाख १७ २०८१

गलत समयमा खाने बानीले पनि बढ्छ मोटोपन

गलत समयमा खाने बानीले पनि बढ्छ मोटोपन


  • सक्रियखबर
  • सोमबार, साउन ८ २०८०

  • स्वस्थ शरीर पाउनका लागि खानपानमा ध्यान दिनु मात्रै पर्याप्त हुँदैन ।

    यदी सही समयमा नास्ता, खाना तथा रातको खाना खानुभएको छैन भने पनि तपाईंको तौल बढ्न थाल्छ र थकान महसुस हुन्छ ।

    कैयौं मानिसहरु समय हेरेर भन्दा पनि भोकलाई हेरेर खाना खाने गर्छ । उनीहरुलाई जतिबेला भोक लाग्छ त्यतिबेला नै खाने गर्छन् । तर यस्तो गर्नु भनेको विमारीहरुलाई निम्ता दिनु हो ।

    समयमा खाना नखाँदा मानिसलाई मधुमेह, उच्च रक्तचाप, अनिद्रा तथा पाचनतन्त्रसँग जोडिएको कैयौं समस्याहरु देखिन सक्छन् ।

    स्वास्थ्य विशेषज्ञहरुलाई मान्ने हो भने मानिसले सुतेर उठेपछि ३ घण्टाभित्र नास्ता खानुपर्दछ । नास्ता गर्ने बिहानको एकदमै राम्रो समय भनेको ७ बजेदेखि ९ बजेको बीचलाई मानिन्छ । त्यसैले सोही समयमा नास्ता गर्ने बानी बसाल्नुहोस् ।

    स्वस्थ जीवनशैलीका लागि नास्ता तथा खानाको बीचमा कम्तीमा ५ घण्टाको अन्तर हुनु पर्दछ । यदी तपाईंले बिहान ९ बजे नास्ता खानुभएको छ भने दिउँसो २ बजेसम्म खाना खान सक्नुहुन्छ ।

    यदी खाना खाइसकेपछि केहीबेरमा हल्का भोक लाग्छ भने तपाईंले साँझको चिया तथा स्न्याक्स आदि ४ बजेसम्म गर्नु एकदमै राम्रो मानिन्छ ।
    त्यस्तै रातको खानाको पनि निश्चित समय छ ।

    प्रायः मानिसहरु एकदमै ढिला रातको खाना खाने गर्छन् । तर स्वस्थ रहनका लागि तपाईंले रातको खाना ७ बजेदेखि ९ बजेको बीचमा खाइसक्नुपर्ने हुन्छ । तर रातको खाना पनि सुत्नु भन्दा ३ घण्टा पहिले नै खाइसक्नुपर्ने हुन्छ ।

    यस्तो खालको बानी गर्नुभयो र समयमा खाना खानुभयो भने तपाईंको पाचन प्रक्रियाले राम्रोसँग काम गर्छ जसले गर्दा तपाईं मोटोपनको शिकार हुनु पर्दैन । (एजेन्सी)


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार