सोमबार, बैशाख १७ २०८१

युट्युबको ट्रेण्डिङ १ मा प्रकाश सपुतको ‘दमाई महाराज’

युट्युबको ट्रेण्डिङ १ मा प्रकाश सपुतको ‘दमाई महाराज’


  • सक्रियखबर
  • आइतबार, साउन ७ २०८०

  • गायक प्रकाश सपुतको नयाँ म्युजिक भिडियो ‘दमाई महाराज’ दुई दिनभित्र युट्युबको ट्रेण्डिङ १ मा उक्लेको छ ।

    प्रकाशको आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार साँझ सार्वजनिक भएको म्युजिक भिडियो अहिलेसम्म २० लाखभन्दा बढीपल्ट हेरिएको छ । कमेन्टमा पनि धेरैले प्रकाशको गीत र भिडियो प्रस्तुतिको तारिफ गरेका छन् । साथै जातीय विभेदविरुद्धको जागरण अभियानलाई सघाउन पुर्‍याउने बताएका छन् ।

    गायक प्रकाशले यसअघि दर्शकहरूलाई बोलमाया, गलबन्दी जस्तो सुपरहिट म्युजिक भिडियो दिइसकेका छन् । दमाई महाराजको कथालाई उनले गलबन्दीको कथासँग लगेर जोडेका छन् । त्यसैले उनले नयाँ गीतलाई गलबन्दी र बोलमाया को दोस्रो भाग भनेका छन् ।

    गलबन्दी र बोलमायाको म्युजिक भिडियोमा मोडल अञ्जली अधिकारी थिइन् । बीचमा आएको सकम्बरीमा अञ्जली देखिइनन् । तर, दमाई महाराजमा अञ्जलीलाई पनि देख्न सकिन्छ । गलबन्दीमा प्रकाशकी श्रीमती बनेकी उनी अहिले गाउँबाट लखेटिएको छोराको बुढी आमाका रूपमा देखिएकी छन् ।

    गीतमा स्वर, शब्द र लय प्रकाशकै छ । स्वरमा प्रकाशसँगै शान्तिश्री परियार पनि सुनिएकी छन् । नयाँ गीतले समाजको विभेदकारी अन्धविश्वासलाई चिर्न सहयोग गर्ने विश्वास लिएको गायक प्रकाशको भनाइ छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार