सोमबार, बैशाख १७ २०८१

वीर अस्पतालमा बिहान ८ बजेदेखि नै ओपीडी सेवा

वीर अस्पतालमा बिहान ८ बजेदेखि नै ओपीडी सेवा


  • सक्रियखबर
  • सोमबार, साउन १ २०८०

  • वीर अस्पतालमा आजदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ ।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते गरेको निर्णय अनुसार वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने कार्यक्रम आजदेखि कार्यान्वयनमा आउन लागेको हो ।

    तर, न्याम्स अन्तर्गतका केही चिकित्सकले भने यो निर्णयप्रति आपत्ति जनाउँदै आएका छन् । न्याम्सका प्राध्यापकहरूको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए) ले विज्ञप्ति जारी गरेर यो निर्णयको विरोध गरेका हुन् ।

    एफडीएले सबैजसो विभागहरूको बिहानको अडिट र क्लिनिकल कक्षाहरू बिहान ८ बजे नै सुरु हुने भएकाले सोही समयमा ओपीडी सुरु गर्दा कक्षाहरूमा असर पर्ने जनाएको छ ।

    एफडीएले न्याम्सको निर्णयप्रति असहमति जनाउँदै सच्याउनसमेत आग्रह गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार